१८ हजार घुससहित खरिदार रंगेहात पक्राउ

बारा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रंगेहात पक्राउ  गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनील चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए । 

लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत १८ हजार रुपैयाँ लिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक–पटक गरी १२ हजार रुपैयाँ अगाडि नै चौधरीले लिइसकेको सूचना अधिकारी राईले जानकारी गराए ।

पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र शनिबार मात्र काठमाडौं पठाउने सूचना अधिकारी राईले जानकारी दिए । चौधरीलाई  विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो ।  





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १८:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया