काठमाडौँ– सत्तारढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् अग्नि सापकोटाले शिक्षामा भएको विकृति सङ्गतिको विषय संद्मा उठाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको प्रसङ्ग निकाल्दै सो विषय उठाएका हुन् ।
सापकोटाले यसबारे शिक्षा मन्त्रालयसँग धारणा माग्दै शिक्षामा लामो समयदेखि विकृति विसङ्गति रहेको र शिक्षामन्त्रालयले कसरी काम गरेको छ ? भनि प्रश्न गरे ।
उनले भने, ‘९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो ? आज यस्तो बनेको छ नेपालमा सबै कुरा पैसाले घुमाइरहेको छ । सर्टिफिकेट किन्न पाइन्छ । भूमाफियादेखि विचौलियाहरूले कब्जामा लिन सक्छन् । हरेक सकारात्मक कुराभित्र भयानक ठूलो रणनीति हुन्छ । यो रणनीतिको बारेमा शिक्षा मन्त्रालयले कति गम्भीरतापूर्वक अध्ययन गरेको छ । आजसम्मका सबै विकृति र विसङ्गतिको बारेमा शिक्षा मन्त्रालयले के गरिरहेको छ ? उसको दृष्टिकोण स्पष्ट पारियोस् ।’
एक राष्ट्रिय दैनिककमा त्रिभुवन विश्वविद्यालयले ९ नम्बर आएका परीक्षार्थीलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिएको समाचार प्रकाशित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।