गृहमन्त्रीलाई सांसदको प्रश्नः विप्लव समूहलाई समाप्तै पार्ने योजना हो ?

काठमाडाैं– प्रहरीको गोलीबाट मृत्यु भएका भनिएका विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यसम्बन्धी छलफलका क्रममा सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर सवाल–जवाफ भएको छ । सो समूहमाथि लगाइएको प्रतिबन्धकै विषयमा बोल्दै प्रमुख विपक्षी नेपाली कांग्रेसको छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरे, ‘विप्लव समूहलाई मूलधारमा ल्याउन कुन बाटो रोजिँदै छ ?’

विप्लव समूहको हेडक्वार्टरसहित चारवटा कम्पनी बनिसकेको गृहमन्त्रीको भनाइप्रति इंगित गर्दै बडूले प्रश्न गरे, ‘यो अवस्थामा सरकार विप्लव समूहलाई मूलधारमा ल्याउन कुन बोटा रोज्दै छ ?’

जवाफमा गृहमन्त्री थापाले राज्यले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयास गरिरहेको, तर विप्लव समूहले त्यो नचाहिरहेको बताए । तर, बडूले भने वार्ता र संवादबाट विप्लव समूहलाई मूलधारमा ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।

छलफलमा केही सांसदहरुले विप्लव समूहलाई समाप्तै पार्ने सरकारको योजना हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले सरकारको त्यस्तो कुनै निर्देशन नरहेको बताए ।





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया