एउटा किराले जब २६ रेललाई रोकिदियो

एजेन्सी– जापानमा मानिसहरु समयबारे निकै सचेत छन् । कुनै पनि कुरामा केही समय मात्र ढिला भयो भने पनि कम्पनीहरुले सार्वजनिक रुपमा माफी माग्छन् । तर, दक्षिणी जापानमा यसपटक केही समय बिजुली ठप्प हुँदा २६ रेलहरुको यात्रा रोकियो । यसले कम्तिमा पनि १२ हजार यात्रुलाई समस्यामा पार्यो । 

यो सब भएपछि त्यहाँका अधिकारीले छानबिन गर्न एउटा समिति बनाए । एक साता लामो छानबिनपछि निष्कर्ष निस्कियो– एउटा घोंघीका कारण यो सब भएको रहेछ । यो अनौठो घटना त हो तर जापानी अधिकारीले यो पहिलो पटक नै भएको हो चाहिँ भनेका छैनन् । 

यो घटना हो, ३० मेको । त्यो दिन विद्युत् आपुर्तिमा अचानक रोकावट आयो । यसले क्युसु रेलवे कोअपरेसनको सेवामा समस्या पर्यो । यसका कारण २६ रेलहरु रोकिए । 

छानबिन समितिले रिपोर्ट दिएपछि कम्पनीका प्रवक्ताले भनेका छन्, ‘विद्युत् आपुर्ति रोकिनुमा एउटा किरा जिम्मेवार रहेछ । हाम्रो पावर सिस्टममा घोंघा छिरेकाले यो सब भएको हो ।’ 

त्यसो त यसअघि बारम्बार हरिण तथा अन्य जनावार रेलसँग ठोक्किएर समस्या पनि हुने गरेका थिए । तर, एउटा किराले उनीहरुलाई रोकिदिएको यो पहिलो पटक हो । 





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार ९:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया