विश्वकप क्रिकेटः आज पाकिस्तान र न्युजिल्यान्डको खेल

काठमाडौं– जारी एकदिवशीय विश्वकप प्रतियोगितामा आज पाकिस्तान र न्युजिल्यान्ड एकअर्कासँग खेल्दै छन् । एजबेस्टन मैदानमा हुने यो खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुँदैछ । पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको छ । उसले न्युजिल्यान्डलाई पनि हराएमा सेमिफाइनलमा जाने सम्भावना जीवितै रहने छ । 
 

अर्कोतर्फ न्युजिल्यान्डले पछिल्लो खेलमा वेस्ट इन्डिजलाई हराएको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पाकिस्तानसँग पनि आफ्नो टिमले जित्ने बताएका छन् । 
 

पाकिस्तानले न्युजिल्यान्ड पछि बंगलादेश तथा अफगानिस्तानलाई पनि जितेमा सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ । न्युजिल्यान्डसँगको खेलमा पाकिस्तानी टिमले फिल्डिङमा सुधार गर्ने अपेक्षा गरिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया