रसुवाली कवि छुटे, संगीत आफू छुट्न मानेनन्

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द विप्लव माओवादीमा संलग्न भएको आरोप लगाउँदै पक्राउ गरेका कवि रसुवाली कविलाई छोडेको छ । उनीसँगै पक्राउमा परेका कवि तथा पत्रकार संगीत स्रोता भन्ने छुटिसकेका छैनन् । 

‘प्रहरीले मलाई झुक्किएर समातेको हो भने म कुनै कागज गर्दिनँ,’ संगीतलाई उद्धृत गर्दै एक पत्रकारले उनले प्रहरीलाई राखेको कुरा बताए, ‘होइन भने प्रहरीले मलाई किन पक्राउ गरेको हो भन्ने खुलाउनु पर्छ ।’ 

उनलाई प्रहरीले पत्रकार महासंघको रोहबरमा छोड्ने तयारी गरिरहेको छ । 

नेपाल ल क्याम्पसमा एक अनौपचारिक कार्यक्रममा सहभागी भएका यी दुवैलाई कार्यक्रम सकिएलगत्तै पक्राउ गरिएको थियो ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १८:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया