आलिया भट्टले आफ्नै युट्युब च्यानल चलाउने

एजेन्सी– अभिनेत्री आलिया भट्टले डिजिटल प्लेटफर्मममा आफ्ना प्रशंसक जोडिने हिसाबले नयाँ आइडिया रचेकी छिन् । उनले ट्विटर तथा इन्स्टाग्राममा नयाँ भिडियो राख्दै अब आफूले युट्युब च्यानल चलाउने बताएकी हुन् । उनको युट्युब च्यानलमा पहिलो दिनमा नै ८७ हजारभन्दा धेरैले फलो गरेका छन् । 

यो नयाँ च्यानलमा उनले आफ्नो फिल्मका ‘विहाइन्ड द सिन’ (सुटिङ पछाडिका कुरा) राख्ने र अन्य भिडियोहरु पनि राख्ने बताएकी छिन् । आफ्नो नीजि जीवनसँग जोडिएका विभिन्न विषयमा पनि यसमा उनले कुराकानी राख्नेछिन् । 

उनले च्यानलमा आफ्नो जीवनशैलीसँग जोडिएका विभिन्न विषयमा कुराकानी गर्ने पनि बताएकी छिन् । 

आफ्नै युट्युब च्यानल खोल्ने आलिया पहिलो बलिउड कलाकार हुन् । यसअघि अन्य कलाकारहरु अन्य सामाजिक सन्जालबाट आफ्ना प्रशंसकसँग जोडिएका थिए । 





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १२:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया