पहिलो पटक आलिया र करण जोहर भेट्दा

एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो युट्युब च्यानल लन्च गरेकी छिन् । यसमा उनले आफ्ना व्यक्तिगत कुराकानी अपडेट गर्ने बताएकी छिन् । आलियाले सन् २०१२ मा रिलिज भएको फिल्म स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

एक अन्तर्वार्तामा आलियाले आफूले पहिलो पटक करन जोहरलाई भेट्दा आफू निकै आत्तिएको र नर्भस भएको बताएकी छिन् । ‘म डराएकी थिएँ, नर्भस थिएँ,’ उनले भनेकी छिन्, ‘म कति नर्भस भएकी थिएँ भने मलाई करनको अफिसमा बस्न मन लागिरहेको थिएन, त्यहाँबाट भाग्न खोज्थेँ ।’ दुई घन्टापछि आफ्नो अडिसन भएको र करनले पहिलो पटकमा नै आफूलाई २० किलो तौल घटाउन निर्देशन दिएको पनि आलियाले बताएकी छिन् ।

उनले अर्को एउटा अन्तर्वार्तामा चाहिँ आफूले पिता महेश भट्टको प्रोडक्सन हाउसबाट नै फिल्ममा काम गर्न सुरु गर्ने रहर पालेको तर त्यो विकल्प आफूले नपाएको बताएकी छिन् । उनले आफूले वजन कम गरेर दोस्रो पटक करनलाई भेट्दा चाहिँ खासै असहज नभएको पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया