कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– कोरियामा अनुमति लिएर काम गर्न जान चाहनेहरुले दिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

यो परीक्षा २५ र २६ जेठमा लिइएको थियो । इपिएस कोरियाले परीक्षाफल आफ्नो बेवसाइटमा प्रकाशन गरेको छ । 

इपिएस कोरिया शाखाले परीक्षाफल प्रकाशित भएको जनाएको छ । 

यसपटकको परीक्षामा ९२ हजारभन्दा धेरै युवायुवतीले कोरियन भाषाको परीक्षा दिएका थिए । यीमध्ये दक्षिण कोरियाले १० हजार जना कामदारका रुपमा लैजाँदैछ । कोरियामा अहिले पनि हजारौँ नेपाली युवा कार्यरत छन् । यही प्रणालीबाट कोरिया जान थालेको पनि अब केही समय भइसकेको छ ।





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १०:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया