धादिङमा तीनवटा बस ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते

काठमाडौं– धादिङमा तीनवटा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो बस आपसमा ठोकिएके हो ।  

चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख १००४ नम्बरको माइक्रो र बा२ख ४५६७ नम्बरको माइक्रो काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु१ख ९०७९ नम्बरको बस र आपसमा ठक्कर खाँदा दुर्घटना भई दुईजनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षीया एक युवतीको मृत्यु भएको छ ।  तीनवटा गाडीमा यात्रारत ३२ जना यात्रु घाइते भएका छन् । मृतकको शव गजुरी अस्पतालमा राखिएको छ ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १५:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया