स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग

काठमाडौं– स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग उठेको छ । स्थानीय तह कर्मचारी युनियन, नेपालले स्थानीय तहका अस्थायी कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिएको छ । 

युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ । जसमा वर्षौंदेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख छ । 

युनियनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग राखेको हो । पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष नुरबहादुर साउदले आन्तरिक विशेष प्रतियोगिताको माध्यमबाट अस्थायी कर्मचारीलाई स्थायी गराउन माग गरे । 

उजले त्यसमा नपर्ने कर्मचारीलाई जीवन निर्वाहका लागि आवश्यक सुविधासहित बिदाइ गर्न पनि सरकारलाई दबाब दिने निर्णय गरिएको बताए । घोषणा पत्रमा स्थानीय तहका कर्मचारीको नियुक्ति, सरुवा, बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरिएको छ । 

त्यसैगरी कर्मचारीहरुको हक, हितका लागि सबै स्थानीय तहमा स्थानीय तह कर्मचारी युनियनको निर्वाचन गराउन पनि सरकारसँग माग गरिएको युनियनका अध्यक्ष साउदले बताए । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १७:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया