दीपक मनाङेलाई पार्टी प्रवेश गराउँदै नेकपा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेश सांसद दीपक मनाङेलाई बिहीबार पार्टी प्रवेश गराउने भएको छ ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको छ ।

नेकपाकै सहयोगमा मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनले फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि शपथ लिन पाएका थिएनन् । 

उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएपछि उनले प्रदेश सांसदको रुपमा शपथ लिएका थिए ।





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १८:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया