एसएलआर, एलएमजीसहित विप्लवका जिल्लास्तरीय नेता पक्राउ

काठमाडौं– प्रहरीले संखुवासभाबाट एक नाल एलएमजी र एक नाल एसएलआर राइफलसहित विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट यी हतियारसँगै १ सय १० राउन्ड गोली, म्यागजिन र दुई सेट मोबाइलसहित एक कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्लास्तरीय नेता निमदोर्जे तामाङ छन् ।

सोमबार गस्तीमा रहेको प्रहरी टोली र विप्लवका कार्यकर्ताबीच सिलिचोङमा गोली हानाहान भएपछि प्रहरीले सर्च अपरेसनलाई तीव्रता दिएको थियो ।





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १५:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया