काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको आशंका गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी छन् ।
उनी सिसियूमा भर्ना भएकी थिइन् । उनलाई एनजिओ ग्रामलगायतको परीक्षण गर्ने तयारी भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार त्यसपछि हृदयाघात भएको हो कि होइन र हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ ।
छाती गह्रुँगो भएर श्वास–प्रश्वासमा समस्या भएपछि खड्गी अस्पताल आएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।