६ महिनामा २० देशमा ३८ पत्रकार मारिए

एजेन्सी– यो अंग्रेजी वर्षको सुरुवातदेखि अहिलेसम्म २० देशमा ३८ पत्रकारको हत्या भएको छ । जनवरीदेखि जुनसम्म सबैभन्दा बढी ल्याटिन अमेरिकामा १५ पत्रकारको हत्या भएको छ । 

जेनेभामा रहेको प्रेस एमब्लेम क्याम्पेनले जारी गरेको एउटा रिपोर्टअनुसार गत साल भन्दा यो वर्ष पत्रकारमाथि हुने हिंसाका घटनामा ४० प्रतिशतले कमी आएको छ । 

रिपोर्टले मेक्सिको र अफगानिस्तानमा सबैभन्दा बढी १४ पत्रकारको हत्या भएको जनाएको छ ।

रिपोर्टमा विभिन्न देशका पत्रकारहरुको सुरक्षाका लागि ती देशमा भएका संस्थानहरु पर्याप्त र सक्षम नभएको देखाइएको छ । पछिल्लो समय मध्यपूर्वमा युद्धका घटना कम भएसँगै पत्रकार मारिने क्रम पनि रोकिएको रिपोर्टमा लेखिएको छ ।

यसबीच ल्याटिन अमेरिकामा मात्र १४ पत्रकारको हत्या भएको रिपोर्टमा उल्लेख छ ।

यस्तो रिपोर्ट जारी गर्ने संस्था प्रेस एमब्लेम क्याम्पेन सन् २००४ मा स्थापित भएको हो । यसले पत्रकारको सुरक्षा तथा कानुनी संरक्षणलाई बलियो बनाउने उद्देश्य लिएको छ । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार ९:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया