डाइपरभित्र लुकाएर आधा किलो सुन तस्करी

काठमाडौं– सुन तस्करले विभिन्न नयाँ–नयाँ प्रयोग गर्दै आइरहेका छन् । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सुराकीका आधारमा मोरङका लीलाबहादुर बस्नेतलाई सुनसहित पक्राउ गरेको हो । 

वैदेशिक रोजगारीका क्रममा उनी कतारको दोहामा तीन वर्ष बसेर फर्किएका व्यक्ति हुन् । उनले बयानका क्रममा ‘एकजनाले डाइपर लगिदिनू भनेर निश्चित रकम दिने सर्तमा पठाएको’ बताएका छन् । 

कतारबाट फर्किएका उनले डाइपरको बटममा ‘रिङ’ बनाएर सुन ल्याएका थिए । काठमाडौं प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १५:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया