काठमाडाैं– मलेसियामा भइरहेकाे एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिताकाे सेमीफाइनलमा नेपाललाई आयाेजक मलेसियाले ८८ रनकाे लक्ष्य दिएकाे छ ।
नेपाल समुह चरणमा समुह ‘ए’ को विजेताको रुपमा तथा मलेसिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल खेलेका हुन् ।
खेलमा टस जितेर नेपालले फिल्डिङ्ग रोजेकाे थियाे । ब्याटिङ्गमा उत्रिएकाे मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सफल भयाे ।
नेपालका लागि पहिलाे ओभरमा नै कमल सिंह ऐरीले विकेट दिलाए। ऐरीकाे बलमा असलम खान खाता नखोली क्याच आउट भए ।
दोश्रो विकेटको लागि वान अमिरुल र मुहम्मद आमिरले ३७ रनको साझेदारी गरे। १२ औं ओभरमा कुशल मल्लले आमिरलाई बोल्ड गरे । आमिरले २४ रन बनाएका थिए ।
त्यसपछि सागर ढकालले जुलकरनियान, बिश्वरुबेन कुमारकाे विकेट लिए । भिम शार्कीले १ रन बनाएका विजय उन्नीलाई रन आउट गरे। सागरले मोहम्मद आरिफलाई खाता खाेल्न दिएनन् ।
नेपालका लेग स्पिनर तिलक भण्डारीले ४२ बलमा ७ रन बनाएका तनिस अरोराको विकेट लिए ।
मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो।
प्रतियोगितामा नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले जितेकाे थियाे । नेपालले चीनसँगकाे खेल छ ओभरमा नै सकेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।