ग्रिल उक्काएर भागे भैंसेपाटीबाट ३ थुनुवा
साङ्केतिक तस्वीर: सटरस्टक

काठमाडौं– महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । उनीहरुले हिरासतमा लागेको ग्रिल उक्काएर भागेको प्रहरीले जनाएको छ । 

गतराति उनीहरु भागेपछि प्रहरीले खोजी कार्य सुरु गरिसकेको छ । 

यी तीनमध्ये एकजना लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका थिए । अन्य दुई चोरीडकैती मुद्दामा समातिएका थिए । 

प्रहरीले उनीहरुको नाम खुलाएको छैन । ललितपुर प्रहरीका अनुसार उनीहरुलाई जावालाखेलमा ठाउँ अभाव भएपछि भैंसेपार्टीमा राखिएको थियो । 





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार ९:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया