कंगनासँगको विवादबारे बोले ऋतिक

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन पछिल्ला दस दिन जम्माजम्मी चार घन्टामात्र सुतेका छन् । यसको अरु कुनै कारण होइन, उनको आउने फिल्म ‘सुपर ३०’ हो । यसको रिलिज मिति नजिकिँदै जाँदा उनी प्रमोसनमा व्यस्त हुँदै गएका छन् । 

यहीबीच ऋतिक रोशनले एउटा अन्तर्वार्तामा खुलेर कुराकानी गरेका छन् । उनले यो अन्तर्वार्तामा अभिनेत्री कंगना रनौटसँगको विवादबारे बोलेका हुन् । 

ऋतिकले भनेका छन्, ‘अब मलाई के थाहा भयो भने प्रत्येक घटना तथा कुरामा प्रतिक्रिया दिनु हुँदो रहेनछ । त्यसैले मैले पछिल्लो समय उनका प्रत्येक कुरामा प्रतिक्रिया दिन छोडेको छु ।’ उनले आफूले प्रतिक्रिया दिँदा आफू आक्रामक भइने डरले पनि यस्तो काम छोडेको बताएका छन् ।





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार ९:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया