भोजपुर– भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।
बुधबार विहान भएको यो घटनामा प्रहरी जवान सन्जिव राई र विप्लवका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो ।
यो दोहोरो भीडन्त भोजपुरको सदरमुकाममा नै भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन् ।
मारिनेमा विप्लव समूहका भाेजपुर इन्चार्ज रहेकाे बताइएकाे छ । प्रहरीले उनीसँग पेस्ताेल बरामद गरेकाे छ ।
बुधबार विहान साढे ८ बजे याे घटना भएकाे प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।