आँप बोकेको भारतीय ट्रकमाथि चितवनमा तोडफोड

भरतपुर– विषादी हालिएको आँप बोकेर आएको आरोपमा चितवनमा केही युवाहरुले भारतीय ट्रक तोडफोड गरेका छन् । 

भरतपुरको क्षेत्रपुरमा रहेको ताजा तरकारी तथा फलफूल बजारमा आँप बोकेको गाडीमाथि तोडफोड भएको हो । युपी ४१ ए टी २६९१ नम्बरको ट्रकमा भारतबाट ल्याइएको आँप थियो । 

स्कुटरमा ट्रक भएको ठाउँमा पुगेका युवाले पहिले ट्रकका सिसा फुटाएपछि त्यसमा आगो लगाउने पनि प्रयास गरेका थिए ।

व्यापारीहरुले यस्ता घटनाले आफूहरुमाथि असुरक्षा बढेको बताउँदै प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले ती युवाहरुको खोजी सुरु गरेको छ ।





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १०:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया