नेप्से परिसूचक बिहीबार सामान्य अंकले घट्याे

काठमाडौं– बुधबार ओरालो लागेर बन्द भएको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले घटेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २ सय ४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अंकले घटेर २ सय ६८ दशमलव ३२ मा पुगेको छ ।

परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औसतमा समेटिएको छ । कुल १ सय ७२ कम्पनीको १६ लाख ५४ हजार २ सय ५१ कित्ता सेयर ४६ करोड ३६ हजार ५ सय ७१ मा कारोबार भए । कारोबार भएका ११ मध्ये दुई उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अंकले बढेको छ । 

यस्तै, होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बिमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बिमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अंकले घटेको छ । 

स्टकका अनुसार कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरिद–बिक्री भयो । यस्तै, शिवम् सिमेन्ट तीन करोड २० लाख दुई हजार १ सय ८९, सिभिल बैंक एक करोड ७७ लाख ४२ हजार १ सय ६७, एनआइसी एसिया बैंक एक करोड ७४ लाख १७ हजार ८ सय ७, एनसिसी बैंक एक करोड ४६ लाख एक हजार ८ सय १९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ४५ लाख ५३ हजार ४ सय २७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । 

परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए । यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुराँस लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फन्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए । 

यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १८:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया