विप्लव समूहलाई कांग्रेसले काखी च्यापेको सञ्चारमन्त्रीको आरोप

काठमाडौं–  सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गम्भीर आरोप लगाएका छन् । कांग्रेसले ‘विप्लव’ समूहलाई काखी च्यापेको आरोप लगाउँदै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले  कांग्रेससँग साे समूहलाई हेर्ने दृष्टिकोण प्रष्ट पार्न माग गरेका छन् । 

चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । नेपाली कांग्रेसले संविधान, कानुन र शान्तिका विरुद्ध गएर चन्द समूहलाई किन काखी च्यापेको भन्दै प्रश्न उठाएक छन् । 

विप्लव समूह र प्रहरीबीचको झडपमा परी भोजपुरमा बुधबार बिहान दुवै पक्षका १÷१ जनाको मृत्यु भएको थियो । सोप्रति टिप्प्णी गर्दै कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानविनको माग गर्दै संसदीय समिति गठन गर्न आग्रह गरेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गर्दै संसदीय समिति गठन नगर्ने अडान राखे । 





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १८:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया