गर्धनमा बल लागेर भारतीय युवा क्रिकेटरको मृत्यु

नयाँ दिल्ली– दक्षिणी कस्मिरमा खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार अनन्तनाग जिल्लामा एक प्रतियोगिता खेलिरहेका थिए । उनले सुरक्षा उपकरण पनि पहिरिएका थिए । 

बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई तुरुन्त अस्पताल लगियो । अस्पतालले उनलाई तत्काल मृत घोषित गर्यो । 

समाचार एजेन्सी एएनआइका अनुसार जम्मु–कस्मिरका राज्यपाल सत्यपाल मल्लिकले क्रिकेटर वारको मृत्युप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । 

११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला क्रिकेट क्लबका लागि खेल्थे । 

सुरक्षा सावधानीका बाबजुद क्रिकेटरको मृत्यु हुने घटना विश्व स्तरका खेलमा पनि हुने गरेको छ । यस्ता घटनाले विश्व क्रिकेटमा खेलाडीको सुरक्षालाई लिएर थप रणनीतिहरु बन्नुपर्ने देखाउँछन् । 





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १३:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया