रौतहट सीमामा भारतले बनाएको बाँध भत्कियो

रौतहट– भारतले बाँध बनाउँदा रौतहटका अधिकांश स्थान डुबानमा परेका थिए । तर, बाढीले अब भारतीय बाँध नै भत्काइदिएको छ । योसँगै रौतहटमा पानीको सतह घट्न थालेको छ । 

उता, बाँध फुटेर पानी भारतमा बग्न थालेपछि भारतका गाउँहरु डुबानमा पर्ने त्रास बढेको छ । 

यसअघि नेपाली अधिकारीले भारतलाई त्यो बाँधको ढोका खोल्न अनुरोध गरेका थिए । तर, भारतीय पक्षले नेपाली अनुरोधलाई बेवास्ता गरेको थियो । 

त्यो बाँधका कारण पानी गौरलगायतका स्थानमा जमेपछि ४ हजारभन्दा धेरै घरपरिवार विस्थापित भएका छन् । गौरसहित रौतहटका विभिन्न स्थानमा प्रहरी चौकी देखि स्थानीय तहका कार्यालय, अन्य कार्यालयहरु सबै डुबानमा परेका छन् । 

गौरसँग जोड्ने सबै सडक सन्जालसँग पनि सम्पर्क टुटेको छ । त्यस्तै, त्यहाँका अधिकारीहरुले कतिपय गाउँमा सम्पर्क गर्न नसकेकाले ती ठाउँको अवस्था थाहा नभएको बताएका छन् ।





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १३:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया