कोशी ब्यारेजका सबै ढोका खोलिए

काठमाडौं– सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ढोका खोलिएको छ । 

कोशी नदीमा पानीको वहाव निकै बढेकाले सबै ढोका खोलिएको हो । यसअघि कोशीका ४१ ढोका मात्र खोल्दा पनि भारतले ढोका बन्द गर्न दबाब दिएको थियो । 

ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वर दाहालका अनुसार नदीमा पानीको वहाव बढ्दै गएपछि सबै ढोका खोलिएको हो । 

१ लाख ७४ हजार क्युसेक पानीभन्दा बढी भएमा खतराको संकेत गरिने ब्यारेजमा आइतबार दुई लाख ९० हजार क्युसेक पानी बहेको त्यहाँका अधिकारीले बताएका छन् । शनिबार त्यहाँ तीन लाखभन्दा बढी क्युसेक पानी बगेको राष्ट्रिय समाचार समितिको समाचारमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार १०:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया