उद्धार र राहतमा कुनै कसर नराख्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बाढीपहिरो तथा डुबानबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा जुट्न सरकारलगायत सबै सरोकारवालालाई आग्रह गरेका छन् । 

आज प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष तिमिल्सिनाले विपद्‌मा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । 

‘बाढी, पहिरो र डुबानमा परी बेपत्ता हुनुभएकाहरुको तीव्र खोजी, उद्धार र राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्न चाहन्छु,’ विज्ञप्तिमा तिमिल्सिनाले लेखेका छन् । 

साथै, वर्षायाममा प्राकृतिक विपत्ति जुनसुकै समयमा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने कुरामा सरकारको तर्फबाट कुनै कमी हुन नदिन उनले  आग्रह गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आम नेपालीलाई समेत सावधानीपूर्वक बस्न आग्रह गरेका छन् । 

 





  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार १९:२६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया