न्युजिल्यान्डमा जन्मिएका स्टोक्सले इंग्ल्यान्डलाई विश्वकप जिताए, गाली उनको बुबालाई

एजेन्सी– इंग्ल्यान्डको लडर््स मैदानमा भएको विश्वकपको फाइनल खेलमा रोमान्चक जित हासिल गर्यो इंग्ल्यान्डले । न्युजिल्यान्डलाई बाउन्ड्रीका आधारमा हराएको इंग्ल्यान्डको जितका लागि बेन स्टोक्सको निकै महत्वपूर्ण भूमिका रह्यो । 

जब न्युजिल्यान्डले इंग्ल्यान्डका टप अर्डरका ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए, बेन स्टोक्स क्रिजमा आएर हार्दै गरेको इंग्ल्यान्डलाई राहत दिए । उनले नट आउट ८४ रन बनाए । अनि खेल बराबरीमा टुङ्गियो । 

त्यसपछि सुपर ओभरमा १५ रनमा स्टोक्सले आठ रन बनाए । तर, सुपरओभर पनि बराबरीमा सकियो । यो खेलमा बेन स्टोक्सले दुई छक्कासहित सात बाउन्ड्री हानेका थिए ।

बेन स्टोक्सको यही खेलका कारण इंग्ल्यान्डका कप्तनाले उनलाई ‘सुपर ह्युमन’ (महामानव) पनि भनिदिए । 

तर, सबैभन्दा रोचक पक्ष त के भने स्टोक्स न्युजिल्यान्डको क्राइस्टचर्चमा जन्मिएका हुन् । उनका पिता न्युजिल्यान्ड टिमका रग्बी खेलाडी पनि थिए ।

स्टोक्स १३ वर्षको हुँदा उनको परिवार इंग्ल्यान्ड बसाइसराइँ गरेको थियो । त्यति बेला स्टोक्स क्रिकेटमा खासै राम्रोसँग जमेका थिएनन् ।



उता, इंग्ल्यान्डबाट मैदानमा बेन स्टोक्स थिए भने यही खेल हेर्न उनका बाबु क्राइस्टचर्च फर्किएका थिए र न्युजिल्यान्डको जितको कामना गरिरहेका थिए । खेल हुँदा टिभी कमेन्टेटर नासिर हुसेनले पनि यो कुरा बारम्बार बताएका थिए । 

तर, यो खेलपछि न्युजिल्यान्डमा बेनका बाबुलाई सबैले गाली गर्न थालेको त्यहाँका सन्चारमाध्यमले जनाएका छन् । 



  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार ८:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया