मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंगिने प्रचण्डकाे दाबी

काठमाडौं– एकता घोषणा भएको वर्ष दिन बितिसक्दा पनि नेकपाको एकीकरण प्रक्रिया अझै टुंगिन सकेको छैन । पार्टी एकता टुंगोमा नपुग्दा नेकपाका नेताकार्यकर्तामा निराशा छाएको छ । 

त्यो निराशा मंगलबारबाट हट्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने दाबी गरेका हुन् ।

अर्का अध्यक्ष केपी ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै बेलुकीसम्म सबै काम सकिने उनले बताएका हुन् । जसअनुसार कार्यविभाजन, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी र विभागहरू गठन गर्ने साँझसम्म सकिनेछ ।

छिटै केन्द्रीय समिति बैठक बस्ने बताउँदै उनले पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशव्यापी रूपमा अभियान लिएर जनतामा जाने बताए ।





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १६:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया