म्युजिक भिडियो ‘किन झरे आँसु यति’ सार्वजनिक

काठमाडौं– विजयकृष्ण श्रेष्ठको निर्देशनमा म्युजिक भिडियो ‘किन झरे आँसु यति’ सार्वजनिक भएको छ । केही दिनअघि युट्युबमार्फत सार्वजनिक भएको अफिसियल म्युजिक भिडियोमा विनोद ढकाल र कृसला सुनुवारको अभिनय छ । कलाकार विनोद ढकालको यो सातौँ म्युजिक भिडियो हो ।

‘किन झरे आँसु यति’ गीतमा मनी बाँस्तोलाको शब्द, स्वर र संगीत छ । डिएनएस प्रोडक्सनले बजारमा ल्याएका भिडियोको सम्पादन निर्देशक विजयकृष्ण श्रेष्ठले नै गरेका हुन् । भिडियोमा धनी केटी र गरिब केटाबीचको प्रेम सम्बन्ध देखाइएको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १५:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया