रमिलाले ल्याइन् तीज गीत ‘पशुपतिमा’

काठमाडौं– विशेषगरी तीजका गीत गाएर चर्चामा आएकी रमिला न्यौपानेले नयाँ तीज गीत ल्याएकी छिन् । सनराइज म्युजिकमार्फत् उनले केहीदिन अघि ‘पशुपतिमा’ शीर्षकको गीत बजारमा ल्याएकी हुन् ।

गायिका न्यौपानेले खुमन अधिकारीसँग मिलेर उक्त गीत गाएकी छिन् । गीतमा बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको कोरस स्वर रहेको उनले जानकारी दिइन् ।

बाबुराम बोहरा शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ। गीतको म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमेरेले खिचेका हुन् भने सम्पादन विष्णु शर्माको रहेको छ। 

हेर्नुहोस् भिडियो 





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १३:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया