Sun, 18 Aug, 2019


नेपाल एयरलाइन्सलाई सर्वोच्चको आदेश– हिराचनलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू
फरकधार / साउन ८, २०७६

काठमाडौं– नेपाल एयरलाइन्सको जापान प्रतिनिधिबाट देवमान हिराचनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ‍एयरलाइन्सले हिराचनलाई प्रतिनिधिबाट हटाएर आफ्नै कर्मचारी सन्तोष पाण्डेलाई नियुक्त गरेपछि हिराचन आफूलाई प्रतिनिधिबाट हटाउनु न्यायसम्मत नभएको भन्दै सर्वोच्च गएका थिए । 



हिराचनलाई जापान प्रतिनिधिबाट हटाएकोमा ओ‌साका विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिने कम्पनी इन्टर एभिएसन जापानले पनि प्रश्न उठाएको थियो ।

आज हिराचनको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको इजलासले तत्काल प्रतिनिधि हटाउने, नयाँ एजेन्ट र प्रतिनिधि तोक्ने निर्णय कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश दियो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्