बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले गरे आत्महत्या

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । श्रेष्ठले आज माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको आठौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

सपिङ सेन्टरको रेलिङमा चढेर उनी हाम फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं प्रहरी परिसर टेकुका अनुसार, उपचारका लागि पिपुल्स हस्पिटल पुर्याइएका श्रेष्ठलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

९ दिनअघि मात्र यस्तै एक घटना भएको थियो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिमा गरेको अनियमितता प्रकरणमा मुछिएका पूर्वसहसचिव रामबहादुर पाण्डेले साउन ३ गते त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।





  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १९:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया