मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा पुरिएर दुईको मृत्यु

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुर मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो । 

ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । 

यी दुवै सहदोर दाजुभाइ हुन् । उनीहरु मेलम्चीको खानेपानीको पाइप सफा गर्न पाइपभित्र छिरेको समयमा उनीहरु पुरिएका थिए ।





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १२:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया