तीन नं प्रदेशसभा सचिवालयले मिडिया सेन्टर स्थापना गर्ने

काठमाडौं– प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ ।

मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार संकलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मिडिया सेन्टर नहुँदा पत्रकारलाई प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता छ । 

सञ्चारकर्मीलाई सरल र सहज रूपमा रिपोर्टिङ गर्न मिल्ने गरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

मिडिया सेन्टर स्थापनाका लागि प्रदेश नं ३ को संसद् सचिवालयले चालू आर्थिक वर्षमा २० लाख छुट्याएको छ । यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको  छ ।





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १५:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया