अचानक फ्यानहरुसँग रिसाए सलमान

एजेन्सी– सलमान खान । बलिउडमा एउटा जमेको नाम हो । त्यसैले उनका प्रशंसक पनि अत्यन्त धेरै छन् । अनि ती प्रशंसक जहाँ सलमान देखिन्छन्, त्यहाँ उनीसँग फोटो खिचिहाल्न पाउँ भन्ने चाहन्छन् । 

यसपटक पनि त्यस्तै भयो । तर, यसपटक सलमानले आफ्ना प्रशंसकसँग रमाइलो समय खर्चन पाएनन् । उनी त उल्टै आफ्ना प्रशंसकसँग पो रिसाए । 

सामाजिक सन्जालमा आएका भिडियोहरुमा देख्न सकिन्छ कि सलमान खान फ्यानहरुबाट घेरिएका छन् । एक युवतीले सलमानको हात समात्न खोजेपछि चाहिँ सलमान अचानक रिसाउँछन् । 

तर, सलमानको यो रिस लामो समयसम्म रहन्न । केही समयमा नै सलमानले फेरि हाँस्न थाल्छन् । जो होस्, एक युवतीले हात समात्न खोज्दा सलमान रिसाएको भिडियो अहिले निकै भाइरल भएको छ ।
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १५:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया