‘महाप्रलय रोकियो, आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गयो’

एजेन्सी– एउटा ठूलो पिण्ड पृथ्वीमा खस्न सक्ने सम्भावना टरेको छ । वैज्ञानिकहरुले सन् २००६ मा यो पिण्डको पहिचान भएपछि नै यसले पृथ्वीमा ठक्कर दिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । 

द सन्डे एक्सप्रेसमा आएको समाचार अनुसार झन्डै एक सय तलाको भवन जत्तिकैको आकार भएको यो पिण्ड पृथ्वीमा खसेको वा ठोक्किएको भए ठूलो क्षति हुने थियो । 

यो पिण्ड शनिबारमात्र पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको हो । यो आकाशीय पिण्ड १० हजार ४ सय माइल प्रतिघन्टाको दरले घुमिरहेको थियो ।

सन् २००६ अगस्टमा यसको पहिचान भएसँगै पिण्डको नाम २००६ क्युक्यु २३ राखिएको थियो । वैज्ञानिकहरुले यो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बलमे पार्ने प्रभाव भन्दा ५ सय गुणा बढी क्षति हुने बताएका छन् । 

यसअघि यस्तै ठूलो पिण्ड पृथ्वीमा ठोक्किँदा डाइनोसरको लोप भएको मानिन्छ । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १७:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया