मलाइकालाई करणले जिस्काएपछि अर्जुनको यस्तो प्रतिक्रिया

एजेन्सी– पछिल्लो समय बलिउडमा मलाइका अरोडा र अर्जुन कपुरको प्रेमको चर्चा हुन गरेको छ । बारम्बार यी दुई जना कार्यक्रममा पनि सँगै देखिने गरेका छन् । बेलाबेलामा यी दुईले विवाह छिट्र्ट गर्दै छन् भन्ने समाचार पनि बाहिर आउँछन् । 

तर, दुवैले आफूहरुले विवाहको योजना नै नबनाएको बताउँदै आएका छन् । तर, मलाइकाको विषयमा अर्जुन निकै सेन्सेटिभ छन् । कतिसम्म भने उनी मलाइकालाइ कसैले पनि नराम्रो भनेको सुन्न सक्दैनन् । 

यसको प्रमाण हालैको एक कार्यक्रममा पनि देखिएको छ । र, यसको एउटा भिडियो अहिले चर्चामा छ । यो भिडियो इन्डियन फिल्म फेस्टिभलको हो । मेलबर्नमा भएको कार्यक्रममा मलाइकालाई हेर्दै कार्यक्रमका होस्ट करणले भन्छन् कि लामो फ्लाइट पछि पनि कोही अभिनेत्री यति धेरै सुन्दर कसरी देखिन सक्छन् । 

मलाइका त यो कुराका कारण शर्माउँछिन् । तर, अर्जुन अचानक उठ्छन् र करणलाई जवाफ दिन्छन्– त्यहाँ पछाडि एक युवती बसिरहेकी छिन्, जानू उसैसँग फ्लर्ट गर्नु ।
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २१:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया