Sat, 17 Aug, 2019


[भिडियो] समुद्रमा जब जहाजमा लाग्यो भीषण आगो
फरकधार / साउन २७, २०७६

एजेन्सी– आन्ध्र प्रदेशको विशाखापट्टनममा सोमबार विहान करिब १२ बजे समुद्री तटतिर आइरहेको एक समुद्री जहाजमा आगो लागेको छ । जहाजमा चालक दलका २९ सदस्य सवार थिए । तीमध्ये अधिकांशले आफ्नो ज्यान बचाउन समुद्रमा फाल हाले । 



त्यहाँ रहेको सुरक्षा समूहले २८ जनाको उद्धार गरेको छ । तर, एकजना व्यक्ति अझै हराइरहेका छन् । 

भारतीय सन्चारमाध्यमका अनुसार अफसोर सपोर्ट जहाज कोस्टल जगुआरमा आगो लागेको हो । आगो लाग्नुको कारण अझै खुलेको छैन । 

सुरक्षाकर्मीले हराइरहेका एकजनाको खोजी गरिरहेका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्