तापसीविरुद्ध कंगनालाई समर्थन गर्दै बहिनी रंगोली, ट्विटरमा ‘फाइट’

एजेन्सी– भारतीय अभिनेत्री कंगना रनौट र उनकी बहिनी रंगोली तथा अभिनेत्री तापसी पन्नुबीच भइरहेको झगडा अहिले तत्काल रोकिने कुनै छाँटकाँट देखिँदैन । एक अन्तर्वार्तामा तापसी पन्नुले महिला भएर पनि कंगनाले फिल्म मिसन मंगलको समर्थन नगरेको र सहयोग नगरेको आरोप लगाएकी थिइन् । यही आरोपको अब ट्विटरबाट रंगोलीले जवाफ दिन थालेकी छिन् । 

रंगोलीले लेखेकी छिन्, ‘म्याडमले हरेक दिन कंगनाविरुद्ध निशाना लगाइरहेको देखिन्छ । किन मिसन मंगलको तारिफ गर्नु त कंगनाले ? अक्षय कुमार र विद्या बालनको फिल्ममा दुई मिनेटको रोल भएकोमा तापसीको तारिफ गर्ने ?’

उनले तापसीले अहिले पनि बच्चाजस्तो व्यवहार गरेको आरोप पनि लगाएकी छिन् । र, तापसीलाई अनुरोध गरेकी छिन्– मलाई यहाँ नै जवाफ दिनू, मिडिया बीचमा नल्याउनु । 

तापसीले आफ्नो अन्तर्वार्तामा महिलालाई महिलाले सहयोग गर्नु पर्ने बताउँदै आएकी कंगनाले आफ्नो प्रशंसा नगरेको गुनासो गरेकी थिइन् । 





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार २१:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया