कन्निकाले फेरि सम्झिइन् पारस

काठमाडौं– पूर्वयुवराज पारस शाहकी थाइल्यान्डकी गर्लफ्रेन्ड भनिएकी कन्निका चार्यसनले फेरि पारसलाई सम्झिएकी छिन् । 

पारस शाह थाइल्यान्डमा रहँदा यी युवतीसँग प्रेम सम्बन्धमा रहेको यसअघि अनुमान गरिएका थिए । त्यसो त पारसबारे यसअघि पनि कन्निकाले बारम्बार पोस्ट गर्ने गरेकी थिइन् । 

शनिबार कन्निकाले आफ्नो फेसबुकमा पारस शाहको एउटा तस्वीर राख्दै आफ्नो सम्झना देखाएकी हुन् । उनले फेसबुकमा पारस शाहको फोटो राख्दा कुनै क्याप्सन लेखेकी छैनन् । 

तर, त्यसपछि उनले तीन चार वटा स्टाटस यही तस्वीरलाई इङ्गित गर्दै लेखेको बुझ्न सकिन्छ । 

तस्वीर राखेलगत्तैको अर्को स्टाटसमा कन्निकाले ‘यो तस्वीरमा तिमी निकै सेक्सी देखिन्छौ’ लेखेकी छिन् । तर, यो कुन तस्वीरको कुरा हो भन्ने आफैंले खुलाएकी छैनन् । त्यसपछि उनले त्यही पोजमा आफ्नो फोटो राखेकी छिन् । र, थप अर्को एउटा स्टाटस लेख्दै कन्निकाले आफू ‘सिङ्गल’ नै रहेको उल्लेख गरेकी छिन् । 

पारस शाह थाइल्यान्डबाट काठमाडौं फर्किँने समयमा कन्निकाले बारम्बार पारसबारे स्टाटसहरु लेखेकी हुन्थिन् । 



तर, नेपाल आएलगत्तै हृदयघात भएपछि पारस शाह फर्किएर थाइल्यान्ड गएका छैनन् । यता नेपालमा उनको श्रीमती हिमानी शाहसँग सम्बन्धमा फेरि खटपट आएको समाचार बाहिर आउन थालेका छन् । यस्तो समयमा कन्निकाको यो फेसबुक पोस्टको कुनै अर्थ छ कि भन्ने अड्कलबाजी गर्न थालिएको छ ।



  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १३:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया