प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै छन् । आज बोलाइएको बैठकमा उनले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले आजको सम्बोधनमा समसामयिक विषयमा बोल्नुका साथै सांसद्हरुको जिज्ञासाको पनि जवाफ दिनेछन् । 

यसअघि प्रधानमन्त्री सिंगापुरमा स्वास्थ्य उपचारका लागि पुगेका थिए । आजको सम्बोधनमा उनले सिंगापुरमा भएको उपचार तथा आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र आफ्नो स्वास्थ्य राम्रो रहेको तर बाहिर गलत प्रचार गरिएको बताएका थिए । झापाका प्रतिनिधिहरुसँग भेट्दा उनले आफूलाई चिकित्सकले २० वर्ष केही पनि नहुने भनेको कुरा उल्लेख गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार ९:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया