शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्नू– सर्वोच्च

काठमाडौं– निर्माता छवि ओझासँग बहुविवाहको अभियोग लागेकी अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शिल्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी तत्काल कार्यान्वयन गर्न आदेश दिएको हो ।

चार साताअघि छविकी जेठी पत्नी हेमाले छवि र शिल्पाविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी हालेपछि महानगरीय प्रहरीले जिल्ला अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो । जिल्ला अदालतले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि शिल्पा उच्च अदालत पाटन गएकी थिइन् । पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।

शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिँदै सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ ।

यसअघि, शिल्पाले पति छवि ओझाविरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् । शिल्पाले छविविरुद्ध मुद्दा हालेको केही दिनमै छविकी जेठी पत्नी हेमाले बहुविवाहको मुद्दा हालेकी हुन् । छविसँग आफ्नो २०४१ सालमा विवाह भएको र अहिलेसम्म आफूहरु पति–पत्नीको सम्बन्धमै रहेको भन्दै उजुरीमा हेमाले दुई दिनअघि मात्रै छवि र शिल्पाको विवाहदर्ताको कागज फेला पारेकाले उजुरी दिएको उल्लेख गरेकी थिइन् । 

शिल्पा छविकी चौथी पत्नी हुन् । हेमापछि छविले यसअघि नै दुईपटक विवाह गरिसकेका थिए । उनकी तेस्री पत्नी चर्चित अभिनेत्री रेखा थापा थिइन् । 





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १७:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया