औचित्य सकिएको भन्दै रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजीनामा

भरतपुर– रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष घिमिरेले राजीनामाको घोषणा गरेका हुन् । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण र अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनेर समिति गठन गरिएको भन्दै अध्यक्ष घिमिरले शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई बिथोल्ने प्रयास गरेकोले समितिको औचित्य समाप्त भएको बताए ।

‘शान्तपूर्ण कार्यक्रम सञ्चालन भइरहँदा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्रमाथि नै प्रहार हुन थाल्यो,’ पत्रकारमाझ घिमिरेले भने, ‘आन्दोलनलाई कमजोर बनाई भड्काउन थालेपछि मैले समितिमा बस्नुको औचित्य देखिनँ ।’

समितिका नाममा केहीले व्यक्तिगत फाइदा उठान खोजेको र छानबिन कार्यलाई झनै प्रभावित बनाउने उच्छिृंखल गतिविधि हुन थालेको उनको बुझाइ छ । 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार २०:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया