रवि लामिछानेले भने– पुडासैनीको भिडियो हेरेको छैन
रवि लामिछाने र शालिकराम पुडासैनी

भरतपुर– नारायणगढको कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले झुन्डिएर आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ । 

माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख भएको चितवनको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले यही रिपोर्टको आधारमा अनुसन्धान गरिरहेका तीन जनाको म्याद थपका लागि अदालतसँग आज समय माग्दै छ । 

उता, फोरेन्सिक ल्याबबाट समेत भिडियोमा रेकर्ड भएको आवाज पुडासैनीकै भएको पुष्टि भएको छ । उनको मोबाइलमा पाँचवटा भिडियो क्लिप रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले फरक फरक भिडियो भएकाले बाहिर आएको भिडियोमा उनको आवाज फरक सुनिएको र फरक दृश्यहरु देखिएको हुनसक्ने आशंका गरेको छ ।

उता, पुडासैनीको आत्महत्यामा दुरुत्साहनको आरोप खेपिरहेका अर्का टेलिभिजन पत्रकार रवि लामिछानेले पुडासैनीको बाहिरिएको भिडियो आफूले नहेरेको बताएका छन् । उनले बयानका क्रममा सरकारी वकिलसँग आफूले भिडियोबारे बाहिरबाट सुनेको तर नहेरेको बताएका हुन् । 



लामिछानेका समर्थकहरुले उनी पक्राउ परेदेखि नै भरतपुरमा व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले प्रदर्शन गर्ने केहीलाई गिरफ्तार पनि गरेको छ । 



  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ६:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया