सिंहदरबारभित्र मृत भेटिए कर्मचारी

काठमाडौं– सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत भेटिएका छन् ।

आयोगमा नै काम गर्ने नायब सुब्बा बच्चु केसी मृत भेटिएका हुन् । उनी कार्यालयको भुइँमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले यसबारे अनुसन्धान सुरु गरेको बताएका छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १३:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया