डा. भट्टराई अब सत्तारुढ सांसद

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराई बिहीबारदेखि सत्तारुढ सांसद बनेका छन् । निर्वाचन आयोगबाट संसदमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित पत्र आएपछि उनी सत्तारुढ सांसद बनेका हुन् । 

सभामुख कृष्णबहादुर महराले ती दुई पार्टीबीच एकता भएको जानकारीसहित आएको पत्र बिहीबार प्रतिनिधिसभामा वाचन गरेर सुनाएका थिए । पत्र आएसँगैडा. भट्टराई प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएकोमा आपत्ति जनाउँदै नेकपाका संसद विरोध खतिवडाले यसबारे सभामुखसँग जानकारी माग गरेका थिए । सो प्रश्नको जवाफमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टी एकताको जानकारी निर्वाचन आयोगबाट नआएकाले सिट नमिलेको जानकारी गराएकी थिइन् ।

गत निर्वातनमा नयाँ शक्ति पार्टीले थ्रेसहोल्ड कटाउन नसकेका कारण उसले राष्ट्रिय दलको मान्यता पाउन सकेको थिएन । सोही कारण भट्टराई स्वतन्त्र सांसदको हैसियतमा थिए । 





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १५:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया