आज श्रीकृष्ण जन्माष्टमी, कृष्णको जीवनमा नछुटेका ५ उपहार

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज श्रीकृष्ण भगवानको पूजा आरधना गरेर मनाइँदै छ । 

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो । कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । 

यतिमात्र होइन, कृष्णले आफ्ना मामा कंंसको बध गरेकाले उनलाई नराम्रा व्यक्तिहरुको विनाश गर्ने भगवानका रुपमा पनि लिइन्छ । श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारका रुपमा पनि लिइन्छ ।

तिनै कृष्णको जीवनमा केही उपहारहरु कहिल्यै छुटेनन् । बाबु वासुदेव, साथीहरु तथा गुरुहरुबाट उनलाई १३ वर्षको उमेरसम्ममा ६ कुरा मिलेका थिए । आफूलाई प्राप्त भएका यी ६ उपहार श्रीकृष्णले आफ्नो जीवनको अन्त्यसम्म आफूसँगै राखेका थिए । 

 

बाँसुरी



नन्दबाबाले गोकुलमा कृष्णलाई बाँसुरी दिएका थिए । त्यति बेला कृष्ण तीन चार वर्षका मात्र थिए । तर, बाँसुरी उनको प्रिय खेलौना भयो । यही बाँसुरी कृष्णको जीवनभर सँगै रह्यो ।

 



वैजयन्ती माला

कृष्णले जब पहिलो पटक रासलीला खेलेका थिए, तब राधाले उनलाई वैजयन्ती माला लगाइदिएकी थिइन् । त्यति बेला कृष्ण आठ वर्षका मात्र थिए । उनलाई लगाइएको वैजयन्ती माला विजय दिलाउने माला थियो । यो पनि कृष्णले जीवनभर छोडेनन् ।

 

मोरपन्ख

कृष्ण त्यस्तै दस वर्षको हुँदा उनी वृन्दावन पुगेका थिए । त्यहाँ राधाले उनको मुकुटमा मोरपन्ख लगाइदिएकी थिइन् । यसलाई पनि श्रीकृष्णले कहिल्यै साथ छोडेनन् ।

 

अजितन्जय धनुष

कृष्ण ११÷१२ वर्षको हुँदाको कुरा हो । उनलाई गुरु सान्दिपनीको आश्रममा अजितन्जय धनुष मिलेको थियो । गुरुले आफ्ना छोरा बचाएर ल्याएको खुसीयालीमा कृष्णलाई यो उपहार दिएका थिए । कृष्णले यही समयमा एउटा शंख पनि उपहार पाएका थिए । त्यसलाई पाँचजन्य नाम दिइएको थियो । यी दुई कुरा पनि कृष्णले आफ्नो जीवनभर छोडेनन् ।

 

सुदर्शन चक्र

कृष्ण १२÷१३ वर्षका थिए । उनी परशुरामसँग भेट्नका लागि गएका थिए । त्यहाँ परशुरामले कृष्णलाई उपहारमा सुदर्शन चक्र दिएका थिए । यो चक्र यसअघि भगवान शिवले विष्णुलाई दिएको मानिन्छ । कृष्णले यसलाई आफ्नो जीवनभर आफैंसँग राखे ।

  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार ९:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया