यसकारण केटाकेटीलाई घरबाहिर खेल्न लैजानुस्

न्युयोर्क– अनलाइन गेम, कम्प्युटर र टिभीको यस युगमा केटाकेटीले घरबाट निस्केर छरछिमेकका साथीसँग खेल्न पनि भुलिसकेका छन् । यस्तोमा, एक नयाँ अध्ययनले केटाकेटीलाई स्कुलमा हुने खेलकुद र शारीरिक गतिविधिले मात्र नपुग्ने देखाएको छ । 

राइस युनिभर्सिटीकी लारा कबिरीसहितका सोधकर्ताले ‘कति सक्रियता संगठित जीवनशैलीका लागि जरुरी छ’ भन्नेबारे लामो अनुसन्धान गरे । खोजले अभिभावकलाई केही महत्वपूर्ण सुझाब दिएको छः

केटाकेटीको शारीरिक गतिविधिमा सामेल हुनुस् 

सोधकर्ताका अनुसार अभिभावकले आफ्ना केटाकेटीलाई हरदिन शारीरिक गतिविधिका लागि समय दिनुपर्छ ।

‘अभिभावक जान्दछन् कि यदि उनीहरु आफ्ना केटाकेटीलाई छिटोछिटो सास लिँदै र पसिना पुछ्दै देख्दैनन् भने यसको मतलब केटाकेटी पर्याप्त परिश्रम गरिरहेका छैनन्,’ कबिरी अभिभावकलाई अपिल गर्छिन्, केटाकेटीलाई घरबाट बाहिर लैजानुस् र दैडिन दिनुस्, छिमेकीका केटाकेटीसँग खेल्न दिनुस्, साइकल चलाउन दिनुस् ।’

दैनिक १ घन्टा एरोबिक गतिविधि गर्नुस् 



विश्व स्वास्थ्य संगठनका मानकअनुसार केटाकेटीलाई दिनमा एक घन्टाको एरोबिक गतिविधि आवश्यक छ । एरोबिक गतिविधिमा दौड, पौडी, साइक्लिङजस्ता धड्कन र श्वासप्रश्वास बढ्ने क्रियाकलाप पर्छन् ।

तर, केही सोधहरुमा पाइएको छ कि गैर–कुलीन स्पोर्टसमा सामेल केटाकेटीलाई २०–३० मिनेटको एरोबिक गतिविधि पर्याप्त छ । 



केटाकेटीलाई नियमित घरबाहिर लैजानुस् 

घरबाहिर लैजाँदा केटाकेटी फ्रेस रहन्छन् । खेलका दैरान शरीरमा अतिरिक्त क्यालोरी खर्च हुन्छ । साइकल चलाउने, पौडी खेल्नेदेखि लिएर दौडिनेसम्मका क्रियाकलाप उत्तम व्यायाम हुन्, जुन घरबाहिर गरिन्छ । यसबाट शरीरमा ग्लुकोजको स्तर ठीक रहन्छ । 

जब केटाकेटी घरबाहिर खेल्न निस्कन्छन्, आफ्नो आसपासको वातावरण र माहोलको जानकारी पाउँछन् । कबिरी भन्छिन्, ‘यसबाट उनीहरुमा वातावरणप्रति जागरुकता बढ्छ ।’  

  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार २२:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया