सरकारले निर्वाचन आयोगलाई प्रभावित पार्न खोजेको कांग्रेसकाे आरोप

काठमाडौं– सरकारले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावित पार्न खोजेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ । निर्वाचन आयोगले उपचुनावका लागि आगामी १४ मंसिरलाई मिति तोकेको छ । 

सोही उपचुनावलाई प्रभावित पारेर निर्वाचनको परिणमा आफ्नो पक्षमा पार्न सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । कुनै पनि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा–बढुवा गर्न नपाउने कानुनी व्यवस्था छ । 

सरकारले गत ४ भदौमा एकैचोटि ७६ सहसचिवको सरुवा गरेको थियो । सो सम्बन्धमा सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले आपत्ति जनाएकी हुन् ।

सहसचिव सरुवा गर्दा कसैलाई काखा र कसैलाई पाखा गरिएको आरोप समेत उनले लगाएकी छिन् । साथै सरकारले वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नै नीतिगत निर्णयसमेत उल्लंघन गरेको भुसालले बताइन् ।   

उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले नियम मिचेर सहसचिवहरुको सरुवा गरेकाले सरकारले निष्पक्ष निर्वाचन गराउला भन्नेमा प्रमुख प्रतिपक्ष सशंकित भएको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १५:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया